ल्वाङघलेलमा हुँदैछ १ लाख राशीको वडास्तरीय पुरुष भलिबल
पाेखरा | माघ १, २०७९
पोखराः युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ्रे ८ ठाँटी ल्वाङघलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित ल्वाङ घलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरामा आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
गण्डकी प्रदेशका ८५ वटा पालिकाकामा इमेलमार्फत सूचना गरिएको युवा विकास तथा खेलकुद समन्वय समितिका ल्वाङ घलेलका अध्यक्ष गणेश विकले बताए ।
‘३ पटकसम्म माछापुच्छ्रे गाउँपालिका ८ स्तरीय वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छौं, विकले भने, ‘प्रतियोगिताको लागि गण्डकी प्रदेशका ८५ पालिकाकामा खबर गरेका छौं, प्रदेशको ७५९ वडामा खबर पु¥याउन इमेलमार्फत पालिकामा सूचना पठाएका छौं ।’
प्रतियोगिता आगामी माघ १८ देखि २१ सम्म सञ्चालन हुने अध्यक्ष विकले बताए । उनका अनुसार गण्डकी प्रदेश पालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र महिला भलिबल प्रतियोगिता आयोजना भएको हो ।
पुरुष तर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, दोस्रो हुने समूहले २२ हजार ५ सय ५५ र सेमिफाइनलमा पराजित हुने दुई समूहलाई क्रमशः २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन ५ हजार रुपैया टिम दर्ता शुल्क कायम गरिएको छ ।
यस्तै महिलातर्फ माछापुच्छ्रे गाउँपालिका ८ अन्तर गाउँ स्तरीय प्रतियोगिता सञ्चालन आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, दोस्रो हुने समूहले १५ हजार र सेमिफाइनलमा पराजित हुने दुई समूहले क्रमशः ८ पुरस्कार पाउनेछन्, भने प्रतियोगितामा निशुल्क सहभागिता जनाउने पाउनेछन् । महिला पुरुष दुवै समूहका विजेताले नगदसहित शिल्ड,मेडल, प्रमाणपत्र र विधागत तर्फ पुरस्कार पाउनेछन् ।
खेलकुद प्रतियोगितामा ७ लाख ५० हजार आम्दानी र ७ लाख ४० हजार ६ सय १० रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले प्रदेश अन्तर वडास्तरीय प्रतियोगिताले दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
‘प्रतियोगिताको मुख्य उद्देश्य दक्ष खेलाडी उत्पादन गर्नु हो, गुरुङले भने, ‘उत्कृष्ट खेलाडीहरुलाई जिल्ला, प्रदेशस्तरीय कार्यक्रममा अगाडी बढाउन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’
उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन आउने समूहलाई घरबाँस (होमस्टे) र स्थानीय होटलमा सुपथ मूल्यमा व्यवस्थापन गरिने आयोजकले जनाएको छ । घरबाँस (होमस्टे) मा प्याकेजमा १ हजार १ सय ५० भएपनि खेलाडीहरुलाई १ हजारमा प्याकेजमा व्यवस्थापन गरिने उल्लेख गरेको छ ।
विभिन्न जातजातिको बसोबास रहेको ठाँटी ल्वाङ घलेलमा सामुदायिक घरबाँस (होमस्टे) मर्दी हिमाल पैदल मार्ग, चिया बगान, क्यानोनिङ, अर्गानिक कृषि उपजलगायत आकर्षण रहेका छन् ।
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

